सरकारमा जाने कुरा राप्रपाको प्राथमिकतामा छैन : राजेन्द्र लिङ्देन « प्रशासन
Logo १२ जेष्ठ २०८१, शनिबार
   

सरकारमा जाने कुरा राप्रपाको प्राथमिकतामा छैन : राजेन्द्र लिङ्देन


१४ मंसिर २०७९, बुधबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले आफ्नो पार्टी सरकारमा जान इच्छुक नरहेको बताएका छन्।

बुधबार आफ्नै निर्वाचन क्षेत्रमा तीनवटा पुल शिलान्यास गर्दै अध्यक्ष लिङ्देनले सरकार निर्माणको जिम्मा ठूला दलहरुलाई भएको बताए।

उनले भने, ‘राप्रपा नेपाललाई सरकारमा जान वा कुनै जोड-घटाउमा लाग्न हतार छैन, हामी रचनात्मक रूपमा संसदमा प्रस्तुत हुन्छौँ।’

उनले निर्वाचन ताका जनताबाट आएका गुनासा सुनेर समाधान गर्न तर्फ आफूहरू अग्रसर रहने बताए।

निर्वाचन आचारसंहिताका कारण रोकिएका जनताका कामहरू पहिलो प्राथमिकतामा रहेकाले स्थानीय निकायसँग समन्वय गरी त्यसतर्फ आफ्नो ध्यान रहेको उनको भनाई छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी बिना सरकार अधुरो रहने देखिए मात्रै त्यसबारे धारणा बनाउने समेत उनको भनाई थियो।

Tags :
प्रतिक्रिया दिनुहोस