अर्काको नाममा लाइसेन्सको लिखित परीक्षा दिने युवक पक्राउ « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

अर्काको नाममा लाइसेन्सको लिखित परीक्षा दिने युवक पक्राउ


१४ मंसिर २०७९, बुधबार


काठमाडौँ । अर्काको नाममा सवारी चालक अनुमति पत्र दिने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँको दक्षिणढोकास्थित परीक्षा केन्द्रबाट धनुषाको जनकपुर उपमहानगरपालिका–१५ घर भएका २६ वर्षीय अरुण मण्डललाई पक्राउ गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

आरोपी बर्दियाका सुर्यपुरा–७ घर भएर ललितपुर बस्ने विक्रम सारुको नाममा लिखित परीक्षा दिन परीक्षा केन्द्रमा गएका हुन् । उनलाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत्त बौद्धमा बुझाएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस