जनताका गुनासा सुन्नका लागि ‘गुनासो एप’ सञ्चालन गर्छु : नेता पौडेल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

जनताका गुनासा सुन्नका लागि ‘गुनासो एप’ सञ्चालन गर्छु : नेता पौडेल


१४ मंसिर २०७९, बुधबार


काठमाडौँ । नवनिर्वाचित प्रतिनिधि सभाका सदस्य प्रदीप पौडेलले जनताका गुनासा सुन्नका लागि ‘गुनासो एप’ सञ्चालनमा ल्याउने भएका छन्।

काठमाडौँ क्षेत्र नं ५ बाट निर्वाचित पौडेलले आज काठमाडौँ क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यका प्रत्यासीसँग छलफल गर्दै यस्तो घोषणा गरेका हुन्।

पौडेलले भने, ‘प्रतिस्पर्धी उम्मेदवार सुशान्त श्रेष्ठले बनाउनु भएको गुनासो एप र मैले घोषणा गरेको सांसदसँग डिजिटल कनेक्टिभिटी एपको अवधारणा मिल्दोजुल्दो भएकाले गुनासो एपलाई सञ्चालनमा ल्याउने निधो गर्‍यौँ ।’

क्षेत्र र समग्र राष्ट्रको विकासका लागि सहयात्राको सुरुवात गर्न त्यस क्षेत्रका प्रतिनिधिसभा सदस्यका उम्मेदवारसँग छलफल कार्यक्रम सुरु गरेको पौडेलले बताए ।

निर्वाचनको दौरानमा अन्य उम्मेदवारले प्रस्तुत गरेका प्रतिबद्धता, एजेण्डालाई सबैको साझा मुद्दा बनाएर सँगसँगै अघि बढ्ने समेत पौडेलले प्रतिबद्धता जनाए।

Tags :
प्रतिक्रिया दिनुहोस