उदयपुर-१ बाट परराष्ट्रमन्त्री नारायण खड्का विजयी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

उदयपुर-१ बाट परराष्ट्रमन्त्री नारायण खड्का विजयी


१४ मंसिर २०७९, बुधबार


काठमाडौँ । परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.नारायण खड्का विजयी भएका छन् ।

उदयपुरको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक-वाम गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका खड्का मङ्गलवार सम्पन्न मतगणनाको परिणामबाट विजयी भएका हुन्।

खड्काले नेकपा एमाले उम्मेदवार मन्जुकुमारी चौधरीलाई २ हजार ३७९ मतले पछि पारेका थिए ।

खड्काले ३१ हजार २७० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी चौधरीले २८ हजार ८९१ मत प्राप्त गरेकी छिन् । उदयपुर १ बाट खड्का २०६४, ०७० र ०७४ मा निर्वाचित भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस