गगनलाई प्रधानमन्त्री बनाउने अभियान सुरु गर्छु : विश्वप्रकाश शर्मा « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

गगनलाई प्रधानमन्त्री बनाउने अभियान सुरु गर्छु : विश्वप्रकाश शर्मा


१३ मंसिर २०७९, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं. १ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगनकुमार थापालाई प्रधानमन्त्री बनाउने अभियान सुरु गर्ने बताएका छन् ।

आज मङ्गलवार काठमाडौँमा महामन्त्री थापाको घरमा बधाई ज्ञापन गर्न पुगेका महामन्त्री शर्माले गगन थापालाई प्रधानमन्त्री बनाउने अभियान सुरु गर्ने बताएका हुन् ।

झापा क्षेत्र नं। १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि काठमाडौँ आएका शर्मा विमानस्थलबाट सिधै थापा निवास रातो पुल पुगेर बधाई तथा प्रधानमन्त्री बन्ने शुभकामना दिएका छन् । उनले आफू थापालाई सांसद भएकोमा बधाई दिनका लागि मात्रै नआएको भन्दै प्रधानमन्त्री बनाउने अभियान सुरु गर्नका लागि आएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस