माछापुच्छ्रे बैङ्कको अध्यक्षमा डा. महतो नियुक्त « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

माछापुच्छ्रे बैङ्कको अध्यक्षमा डा. महतो नियुक्त


१३ मंसिर २०७९, मंगलबार


काठमाडौँ । माछापुच्छ्रे बैङ्कको सञ्चालक समिति अध्यक्षमा गैर आवासीय नेपाली सङ्घ एनआरएनका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो चयन भएका छन् ।

बैङ्कको १२ मंसिरमा बसेको ४७२ औँ बैङ्क सञ्चालक समितिको बैठकले डा. उपेन्द्र महतोलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो ।

बैङ्कका निवर्तमान अध्यक्ष डा. वीरेन्द्र महतो प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएसँगै उनले दिएको राजीनामा पनि बैङ्कले स्वीकृत गरेको छ । साथै उनको राजीनाथपछि रिक्त अध्यक्षमा डा. उपेन्द्र महतोलाई नयाँ अध्यक्षमा चयन गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस