धनुषा-४ (ख)मा एमालेका हरिनारायण महतो निर्वाचित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

धनुषा-४ (ख)मा एमालेका हरिनारायण महतो निर्वाचित


१३ मंसिर २०७९, मंगलबार


काठमाडौँ । धनुषा क्षेत्र नम्बर ४ ख बाट नेकपा एमालेका हरिनारायण महतो निर्वाचित भएका छन्।

नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार शत्रुधन महतोलाई १ हजार ३४२ मतान्तरले पराजित गर्दै एमालेका महतो विजयी भएका हुन्।

प्रदेशसभामा निर्वाचित हरिनारायणले १७ हजार ३०२ मत प्राप्त गरेका छन् भने सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार शत्रुधनले १५ हजार ९६० मत ल्याएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस