सुनसरी-३ मा एमालेकी भगवती कांग्रेसका विजयकुमारभन्दा साढे ५ हजार मतले अगाडि « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सुनसरी-३ मा एमालेकी भगवती कांग्रेसका विजयकुमारभन्दा साढे ५ हजार मतले अगाडि


१३ मंसिर २०७९, मंगलबार


काठमाडौँ । सुनसरी क्षेत्र नम्बर ३ मा  नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीले साढे ५ हजार मतको अन्तर कायम गरेकी छन्।

एमालेकी उम्मेदवार चौधरीले ३६ हजार १३६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विजयकुमार गच्छदारले ३० हजार ५०१ मत पाएका छन्। चौधरीभन्दा गच्छदार ५ हजार ५ सय ३५ मतले पछाडि छन्।

तेस्रोमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले ६ हजार २ सय ६९ मल ल्याएका छन्। अब बर्जु गाउँपालिकाको ४, ५ र ६ नम्बर वडाको १० हजार ६ सय ३४ मत मतगणना गर्न बाँकी रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस