सिके राउतको जनमत पार्टीले पनि कटायो थ्रेस होल्ड  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सिके राउतको जनमत पार्टीले पनि कटायो थ्रेस होल्ड 


१२ मंसिर २०७९, सोमबार


काठमाडौँ । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले पनि समानुपातिकतर्फको मतगणनामा तीन प्रतिशत मत ल्याएको छ। 

समानुपातिकको ९४ लाख ६२ हजार ९०८ मत गणना हुँदा उसले २ लाख ८४ हजार ८६८ मत पाएको छ जुन ३ प्रतिशत मत हो।

तीन प्रतिशतको मत सम्पूर्ण मतगणनामा कायम नै राखे जनमत पार्टीले समानुपातिकतर्फ चार सिट पाउनेछ।

प्रत्यक्षतर्फ उक्त पार्टीबाट एक सिट जितेको छ। अध्यक्ष राउतले सप्तरी २ बाट चुनाव जितेका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस