समानुपातिकमा एकीकृत समाजवादी सीके राउतको पार्टीभन्दा पछि « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

समानुपातिकमा एकीकृत समाजवादी सीके राउतको पार्टीभन्दा पछि


१२ मंसिर २०७९, सोमबार


काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गत समानुपातिकतर्फको मतगणना चलिरहँदा नेकपा एमालेले अग्रतालाई कायमै राखेको छ । 

अहिलेसम्मको मतगणनाअनुसार नेकपा एमाले २५ लाख ५६ हजार एक सय ५९ मतसहित अग्र स्थानमा रहेको छ । एमालेलाई नेपाली काँग्रेसले पछ्याइरहेको छ । काँग्रेसले अहिलेसम्म २४ लाख २५ हजार चार सय २८ मत प्राप्त गरेको छ । नेकपा माओवादी केन्द्र १० लाख ८२ हजार आठ सय ३८ मतसहित तेस्रो स्थानमा छ । 

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले पनि १० लाख मत ल्याइसकेको छ । उसले १० लाख ६६ हजार दुई सय १८ मत प्राप्त गर्दै चौथो स्थानमा छ । राष्ट्रिय प्रजातन्त्र पार्टी पाँच लाख ४७ हजार पाँच सय ६४ मतसहित पाँचौँ स्थानमा छ । 

यस्तै जनता समाजवादी पार्टीले तीन लाख ४० हजार एक सय आठ, जनमत पार्टीले दुई लाख ८३ हजार एक सय ६४ र नेकपा एकीकृत समाजवादीले दुई लाख ५९ हजार छ सय ६४ मत प्राप्त गरेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस