मन्त्री कार्कीको निर्वाचन क्षेत्रमा रोकिएको मतगणना सुरु गर्न आयोगको निर्देशन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मन्त्री कार्कीको निर्वाचन क्षेत्रमा रोकिएको मतगणना सुरु गर्न आयोगको निर्देशन


१२ मंसिर २०७९, सोमबार


काठमाडौँ। सुनसरी-४ मा स्थगित मतगणना सुरु गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पुनः मत गणना गर्न आयोग समक्ष निवेदन दिएका थिए । तर आयोगले मन्त्री कार्कीको माग अस्वीकार गर्दै मतगणनालाई निरन्तरता दिन निर्देशन दिएको निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत मोहनबहादुर अधिकारीले जानकारी दिए ।

आइतबारदेखि यहाँको मतगणना रोकिएको थियो । बराहक्षेत्र ८ को मतगणना हुँदै गर्दा ब्यालेटभित्र नभएको ६ सय मत नेकपा एमालेको पक्षमा जोडिएको आरोप लगाउँदै मतगणना रोक्न सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले माग गरेका थिए ।

बराहक्षेत्र नगरपालिकाका १० र ११, भोक्राहाका ७ र ८, हरिनगराका ६ र ७, कोसी गाउँपालिकाका ५ र ६ गरी ८ वटा वडाको मत गणना गर्न बाँकी छ ।

वराहक्षेत्रका २ वटा वडा, भोक्राहाको ८ नं. वडा, हरिनगराको दुई वटै वडा र कोसीको ५ न वडा काङ्ग्रेसको पकड क्षेत्र हो ।

भोक्राहा ७ र कोसी ६ का दुई वटा वडा एमालेको पकड क्षेत्र हो ।

Tags :
प्रतिक्रिया दिनुहोस