गण्डकीले मंगलबारदेखि सिफारिस भएका स्थायी शिक्षक विद्यालयमा पठाउने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

गण्डकीले मंगलबारदेखि सिफारिस भएका स्थायी शिक्षक विद्यालयमा पठाउने


१२ मंसिर २०७९, सोमबार


काठमाडौँ । मावि तह तृतीय श्रेणी स्थायी शिक्षकको जिल्ला पदस्थापनको लागि केही उम्मेदवारहरूको निवेदन नआएको गण्डकी प्रदेशको शिक्षा विकास निर्देशनालयले जनाएको छ ।

सोमबारसम्म अन्तिम समय हुँदा पनि निवेदन नपरेपछि सोमबार अपराह्न ४ बजेसम्म निवेदन दिन सूचना जारी गरेको थियो । ११ जनाको नामावली सहित सूचना जारी गरेपछि ८ जनाले निवेदन दिएका निर्देशनालयले जनाएको छ । बाँकीले अहिलेसम्म पनि निवेदन नदिएकाले उनीहरूलाई बाँकी रहेको क्षेत्रमा पठाउने तयारी गरेको निर्देशनालयले जनाएको छ ।

मंगलबारदेखि नै उम्मेदवारले छनोट गरेको विद्यालयमा पठाउने तयारी रहेकोले अधिकांश सिफारिस भएका शिक्षकलाई मंगलबारदेखि विद्यालयमा उपस्थिति हुने गरी पठाउने निर्देशक अम्बिका प्रसाद आचार्यले बताए । बाँकी रहेका शिक्षकलाई बुधबारदेखि विद्यालयमा उपस्थित हुने गरी पठाउने उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस