हिमालयन एभरेस्टका सीईओसहित आधादर्जन कर्मचारीले छोडे जागिर  « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

हिमालयन एभरेस्टका सीईओसहित आधादर्जन कर्मचारीले छोडे जागिर 


१२ मंसिर २०७९, सोमबार


काठमाडौँ । हिमालयन र एभरेस्ट इन्स्योरेन्स एक आपसमा मर्जर भएपछि कम्पनीका आधादर्जन कर्मचारीले जागिर छोडेका छन् । मर्जर भएयता कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ)देखि उच्च पदस्थ कर्मचारीहरूले राजीनामा दिएका छन् ।

डेपुटी सिइओ पवन थापा, नायव महाप्रबन्धक मनोज भण्डारी र सिनियर मेनेजर श्रीराम भण्डारीले कम्पनीबाट राजीनामा दिएका हुन् । यीबाहेक अधिकृत तहका कर्मचारीहरूले पनि राजीनामा दिएको स्रोतले जनाकारी दिएको छ ।

दुई कम्पनी मर्जरमा गएपछि कर्मचारी व्यवस्थापन गर्न नसक्दा अधिकांश कर्मचारी बाहिरिएका हुन् । राजीनामा दिनेहरू एभरेस्ट इन्स्योरेन्सबाट आएका कर्मचारीहरू हुन् ।

साउन १ गतेदेखि हिमालयन र एभरेस्टले हिमालयन एभरेस्ट इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस