बागमती प्रदेशको मुख्यमन्त्रीमा बानियाँको दाबी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बागमती प्रदेशको मुख्यमन्त्रीमा बानियाँको दाबी


१२ मंसिर २०७९, सोमबार


काठमाडौँ । मकवानपुर प्रदेश सभा क्षेत्र नम्बर २ (ख)बाट निर्वाचित प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँले बागमती प्रदेशको आगामी मुख्यमन्त्रीमा आफ्नो दावेदारी रहेको बताएका छन्। 

मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले आयोजना गरेको नवनिर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रमपछि पत्रकारहरूसँग कुरा गर्दै बानियाँले यस्तो बताएका हुन्।

काँग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँले प्रदेशमा काँग्रेस ठूलो पार्टी बन्ने र प्रदेश सरकारको नेतृत्व गर्ने दाबी गरे। उनले काँग्रेस बागमती प्रदेशको सभापतिको हैसियतले संसदीय दलको नेता र प्रदेश सरकारको मुख्यमन्त्रीमा आफ्नो दाबी स्वभाविक भएको बताए।

प्रदेश सदस्य बानियाँले विगतमा प्रदेशमा सरकार फेरिने बेलामा भएको सहमतिअनुसार पनि बागमती प्रदेशको मुख्यमन्त्रीमा आफ्नो दावेदारी रहेको बताए। 

उनले बागमती प्रदेशमा काँग्रेसको संसदीय दलको नेताको लागी आफ्नो विकल्प नभएको दाबी गर्दै पार्टीभित्र सहमतिमै आफू संसदीय दलको नेता बन्ने बताए।

Tags :
प्रतिक्रिया दिनुहोस