एमालेले सरकारमा जान हतार गरेकाे छैन : सुवास नेम्वाङ « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

एमालेले सरकारमा जान हतार गरेकाे छैन : सुवास नेम्वाङ


१२ मंसिर २०७९, सोमबार


काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष समेत रहेका इलाम २ बाट भर्खरै निर्वाचित सांसद सुवास नेम्वाङले जनादेश अनुसार अघि बढे मुलुकमा अस्थिरता नआउने दाबी गरेका छन् ।

मङ्सिर ४ मा सम्पन्न आम निर्वाचनको मिश्रित नतिजाले मुलुकमा पुन अस्थिरता बढ्ने हो कि भन्ने धेरैको आशङ्का रहेको बेला नेता नेम्वाङले यस्तो बताएका हुन् ।

उनले भने, ‘संविधानले मिश्रित निर्वाचन पद्धतिको व्यवस्था गरेको छ यो हामीहरूले जानी बुझी नै गरेको हो । मिश्रित निर्वाचन प्रणालीको परिणाम यस्तै हुनसक्छ भन्ने हामी सबैलाई थाहा छ । त्यस कारण हामी सबै तयार हुनुपर्छ र यसले कुनै अस्थिरता निम्त्याउँदैन ।’

साथै नेम्वाङले नेकपा एमाले सरकारमा जान नहतारिएको पनि बताए । नेम्वाङले भने, ‘जनताको जनादेश अनुसार अगाडि बढ्दा जसले देश सञ्चालन गर्नुपर्ने हो त्यसले देश सञ्चालन गर्छ, जो प्रतिपक्षमा बस्नुपर्ने हो त्यो प्रतिपक्षमा बस्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस