थापाथलीको सुकुम्बासी बस्ती हटाउन महानगरद्वारा प्रहरी परिचालन, थापाथली क्षेत्र तनावग्रस्त « प्रशासन
Logo २४ मंसिर २०८०, आइतबार
   

थापाथलीको सुकुम्बासी बस्ती हटाउन महानगरद्वारा प्रहरी परिचालन, थापाथली क्षेत्र तनावग्रस्त


१२ मंसिर २०७९, सोमबार


काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुम्वासी बस्ती हटाउन प्रहरी परिचालन गरिएको छ।

बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले सुकुम्वासी बस्ती हटाउन प्रहरी परिचालन गरेको हो।

त्यस्तै समितिको समन्वयनमा महानगरपालिकाले त्यहाँ डोजर चलाउन प्रहरी परिचालन गरेको काठमाडौँ महानगरपालिकाका नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए। उनका अनुसार बस्ती खाली गर्न समय दिइएको थियो।

उनले भने, ‘समितिले सहयोग मागेका कारण सहयोगी भूमिका निर्वाह गरेका हौँ । आज बस्ती खाली गर्ने योजना छ।’

काठमाडौँको बागमती किनारका सुकुम्वासी बस्तीलाई हटाउन बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले केही दिन अघि १० दिने सूचना जारी गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस