एमाले नेतासँग फोटो सार्वजनिक गर्दै झाँक्रीले लेखिन्-‘तस्बिरमा सन्देश छ’ « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

एमाले नेतासँग फोटो सार्वजनिक गर्दै झाँक्रीले लेखिन्-‘तस्बिरमा सन्देश छ’


१२ मंसिर २०७९, सोमबार


काठमाडौँ । एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले एमाले नेतासँग तस्बिर सार्वजनिक गर्दै त्यसमा सन्देश रहेको उल्लेख गरेकी छिन्।

झाँक्रीले एमाले उपमहासचिव विष्णु पौडेल र नेता खिमलाल भट्टराईसँगको तस्बिर सोमबार फेसबुकमा राख्दै त्यसमा सन्देश रहेको उल्लेख गरेकी हुन्।

उनीहरूको भेट भैरहवा विमानस्थलमा भएको थियो। तस्बिरबारे एमाले नेता भट्टराईले भने, ‘विमानस्थलमा भेटपछि सामान्य कुराकानी मात्रै भयो। विशेष केही छैन।’

गुल्मी-२ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी झाँक्री एमाले सचिव गोकर्ण विष्टसँग पराजित भएकी थिइन्।

Tags :
प्रतिक्रिया दिनुहोस