निलम उपत्यकामा जीप खस्दा ६ जनाको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

निलम उपत्यकामा जीप खस्दा ६ जनाको मृत्यु


१२ मंसिर २०७९, सोमबार


काठमाडौँ । मतदाता बोकेका एक जीप पाकिस्तान-नियन्त्रित काश्मीर (पीओके) को निलम उपत्यकामा नालामा खस्दा छ जनाको मृत्यु भएको छ ।  साथै अन्य आठ जना घाइते भएका डन पत्रिकाले जानकारी दिएको छ । 

यस घटनामा परी मृत्यु हुनेमा छ जना महिला रहेका स्थानीय प्रहरीले जनाएको छ । दुधनियालको छारी इलाकामा दिउँसो करिब १२ः३० बजे जीप तीन सय फिट गहिरो सुख्खा नालामा खसेको जिल्ला विपद् व्यवस्थापन अधिकृत अख्तर अयुबलाई उद्धृत गर्दै डनले जनाएको छ ।

गाडीले आफ्नो क्षमता भन्दा धेरै मानिसहरू बोकेको अयुबले थप जानकारी दिए ।  दुर्घटना घाइते भएकाको अवस्था पनि गम्भीर रहेको बताइएको छ । यात्रुहरू निलम खोलाको छेउमा रहेको ठण्डा पानी गाउँका बासिन्दा रहेका र नजिकैको मतदान केन्द्रमा आएका थिए ।

घाइतेहरूलाई दुधनियाल आधारभूत स्वास्थ्य इकाईमा लगिएको थियो । पाँचजना गम्भीर घाइते भएकाले थप उपचारका लागि मुजफ्फराबाद पठाइएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस