स्याङ्जा-२ विवादबारे आज छानबिन समितिले प्रतिवेदन बुझाउँदै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

स्याङ्जा-२ विवादबारे आज छानबिन समितिले प्रतिवेदन बुझाउँदै


१२ मंसिर २०७९, सोमबार


काठमाडौँ । स्याङ्जा क्षेत्र नं २ को चुनाव सम्बन्धी विवादको छानबिनका लागि गठन गरिएको टोलीले आज (सोमबार)निर्वाचन आयोग समक्ष प्रतिवेदन बुझाउने भएको छ ।

आयोगका सहसचिव फणीन्द्र गौतमको नेतृत्वमा गठन भएको छानबिन टोलीले आज (सोमवार) आयोग समक्ष प्रतिवेदन बुझाउन लागेको हो ।

टोली जिल्लामा आएर स्थलगत अवलोकन तथा सरोकारवालाहरूसँग छलफल गरेको थियो । टोलीले जिल्लाका सुरक्षा निकाय, प्रशासन, विवाद भएको भनिएको बुथका मतदान अधिकृत र सहायक अधिकृत, आन्दोलनरत राजनीतिक दल लगायतसँग छलफल गरेको थियो । राजनीतिक दलसँग छुट्टाछुट्टै छलफल गरेको टोलीले मतदान अधिकृतहरूसँग पनि भेटेको थियो । ३ दिन भित्र प्रतिवेदन बुझाउने गरी छानबिन समिति गठन गरिएको थियो ।

चापाकोट नगरपालिका वडा नम्बर ३,४ र ५ को दिसिङकोट, राममन्दिर, दिनदयालु, चिठ्ठी पोखरी बुथमा नेपाली काँग्रेसले धाँधली गरेको भन्दै एमालेले पुनः मतदानको माग गरेर मतगणना हुन नदिएको हो ।

क्षेत्र नं २ का निर्वाचन अधिकृत रामचन्द्र शर्माले निर्वाचन आयोगको निर्देशन कुरिरहेको जानकारी दिए।

यस क्षेत्रबाट काँग्रेस उपसभापति धनराज गुरुङ, एमाले सचिव पद्मा कुमारी अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङ लगायत प्रतिस्पर्धामा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस