माछापोखरीको गेस्ट हाउसमा पुरुष मृत फेला « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

माछापोखरीको गेस्ट हाउसमा पुरुष मृत फेला


१२ मंसिर २०७९, सोमबार


काठमाडौँ । काठमाडौँको माछापोखरी स्थित एक गेस्ट हाउसमा पुरुष मृत भेटिएका छन् ।

काठमाडौँ महानगरपालिका-१६ माछापोखरीमा रहेको पाल्पा तिनाउ फूलबारी गेस्ट हाउसको १०५ नम्बर कोठामा पाल्पा बर्तुङ्ग घर भएका कुमार चन्द्र कोइराला मृत फेला परेका हुन् ।

मंसिर १० बाट सो गेस्ट हाउसमा बसेका ६० वर्षीय कोइराला मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

सुतिरहेको अवस्थामा मृत भेटिएका कोइरालाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । घटनाबारे प्रहरी वृत्त बालाजुले अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस