सहसचिव र उपसचिवको परीक्षा पुर्ववत समयमै हुने, अन्तरिम आदेश रद्द « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सहसचिव र उपसचिवको परीक्षा पुर्ववत समयमै हुने, अन्तरिम आदेश रद्द


१२ मंसिर २०७९, सोमबार


काठमाडौं । सहसचिव र उपसचिवको परीक्षा पुर्ववत समयमै हुने भएको छ ।

थारु आरक्षण कोटा माग गर्दै थारु कल्याणकारिणी सभाद्वारा दायर रिटमाथी यसअघि दिएको अन्तरिम आदेश रद्द भएसंगै परीक्षा पुर्ववत समयमै हुने भएको हो ।

अन्तरिम आदेश रद्द भएपछि परीक्षा यसअघि कै तालिकाअनुसार हुने आयोगका सुचना अधिकारी देवि प्रसाद सुबेदीले बताए । यद्यपि आदेश भने पुगि नसकेकोले प्राप्त भएपछी आयोगले सुचना प्रकाशन गर्ने सुबेदीले प्रशासनलाई बताए ।

संविधान अनुसार थारु आरक्षण कोटा नराखी कर्मचारी पदपूर्ति गर्न लागेको भन्दै थारु कल्याणकारिणी सभाको तर्फबाट दायर रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश प्रकाश कुमार ढुङ्गानाको एकल इजलासले मुद्दाको अन्तिम किनारा नलागेसम्म ६.६ प्रतिशत पदमा पदपूर्ति नगर्न अन्तरिम आदेश दिएको थियो ।

सम्बन्धित समाचार : सर्वोच्चको अन्तरिम आदेशसँगै सहसचिव र उपसचिवको पदपूर्ति रोकिने

उक्त आदेश पछि परीक्षा संचालन गर्न कठिनाइ हुने भन्दै सरकार भ्याकेट्मा गएको थियो ।

आयोगले असोज २६ गते सहसचिव र उपसचिवका लागि विज्ञापन खोलेको थियो । आयोगले विभिन्न सेवा समूहतर्फ गरी सहसचिव पदमा ११२ र उपसचिव पदमा ३२१ गरी जम्मा ४३३ जनाका लागि विज्ञापन माग गरेको थियो ।

सम्बन्धित समाचार : सहसचिव र उपसचिव पदमा खुल्यो विज्ञापन, कुनमा कति ?

६.६ प्रतिशत छुट्याएर परीक्षा लिन कठिनाइ हुने भन्दै आयोगले पत्र पठाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस