२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दोलखामा निर्वाचन व्यवस्थापन समितिको बैठक जारी

अ+ अ-

काठमाडौँ । दोलखामा रद्द भएका मतदान केन्द्रहरुमा पुनः निर्वाचन गराउने विषयमा छलफल गर्न जिल्ला निर्वाचन व्यवस्थापन समितिको बैठक बसिरहेको छ । मुख्य निर्वाचन अधिकृत, सुरक्षा निकायका अधिकारीसहितको बैठक अहिले बसिरहेको हो ।

मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठलेभने, ‘कहिले निर्वाचन गराउने भनेर छलफल गर्न अहिले हामी बैठक बसिरहेका छौं ।’

निर्वाचन आयोगले यही मंसिर १५ गतेभित्र निर्वाचन गराइसक्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई भनेको छ । बैठकमा सुरक्षा अधिकारीहरुबाट प्राप्त सुझावको आधारमा निर्वाचनको मिति तय गर्ने मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताए ।

‘१५ गते डेडलाइन छ हामीलाई, १४ वा १५ हाम्रो विकल्प हो,’ उनले भने, ‘त्यसमा सेक्युरिटीले जे भन्छ त्यही हुन्छ ।’ धाँधलीरहित निर्वाचन गराउन सुरक्षा व्यवस्थापन नै मुख्य कुरा हुने भन्दै उनले सुरक्षा अधिकारीहरुको सुझावको आधारमा निर्वाचनको मिति तोक्ने बताए ।

दोलखाका १० वटा केन्द्रमा धाँदली भएको निष्कर्ष निर्वाचन आयोगले निकालेपछि ती केन्द्रहरुमा पुनः मतदान गराउन लागिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले ‘बुथ क्याप्चर’ भएको भन्दै उजुरी गरेपछि आयोगको एउटा टोलीले दोलखामा गएर स्थलगत अध्ययन गरेको थियो । त्यो टोलीको सिफारिसका आधारमा निर्वाचन आयोगले मंसिर ४ को निर्वाचन रद्द गरेर मंसिर १५ गतेभित्र पुनः मतदान गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो ।

वैत्यश्वरको वडा नं. ६ (क, ख, ग), वैत्यश्वर ३ को कालिढुङ्गा (क, ख, ग), वैत्यश्वर २ को जनज्योति (क, ख)र तामाकोसीको जामुने हेल्थपोस्ट (क, ख) केन्द्रमा पुनः चुनाव गराउने निर्णय आयोगले गरेको छ ।

प्रतिक्रिया दिनुहोस