मौद्रिक नीतिको समीक्षा गर्दै राष्ट्र बैङ्कले घटायो स्प्रेडदर « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

मौद्रिक नीतिको समीक्षा गर्दै राष्ट्र बैङ्कले घटायो स्प्रेडदर


११ मंसिर २०७९, आइतबार


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले कर्जा र निक्षेप बीचको ब्याजदर अन्तर (स्प्रेड दर) घटाएको छ ।

आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैङ्कले स्प्रेड दरलाई ०.४ प्रतिशत विन्दुले घटाएको छ ।

४.४ प्रतिशत रहेको ब्याजदर अन्तर वाणिज्य बैङ्कहरूको ४.४ प्रतिशतबाट ४ प्रतिशत कायम गरेको छ । यस्तै ५ प्रतिशत रहेको विकास बैङ्क र वित्त कम्पनीहरूको ब्याजदर अन्तर अब ४.६ प्रतिशतमा झारिएको राष्ट्र बैङ्कको प्रवक्ता गुणाकर भट्टले जानकारी दिए ।

यसबाट बैङ्क तथा वित्तीय संस्थाहरूले कर्जाको ब्याजदर तय गर्दा लिने प्रिमियम दर घट्न गई कर्जाको ब्याजदरमा समेत सन्तुलन आउने अपेक्षा गरिएको उनले बताए । प्रिमियमसम्बन्धी व्यवस्थाको नियमित अनुगमन समेत गरिने पनि समीक्षामा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस