प्रदेश सदस्य पोखरेलले दिए राजीनामा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रदेश सदस्य पोखरेलले दिए राजीनामा


११ मंसिर २०७९, आइतबार


काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल (जसपा)का लुम्बिनी प्रदेश सदस्य उज्ज्वल पोखरेलले पदबाट राजीनामा दिएका छन् । प्रदेशसभा निर्वाचनमा रुपन्देहीको क्षेत्र नम्बर ३ (१)मा अपेक्षित नतिजा नआएकोले राजीनामा दिएको उनले बताए ।

पोखरेल सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष समेत हुन् । तीन दलीय तालमेलको तर्फबाट जसपाका केन्द्रीय सदस्य तथा रुपन्देही-३ (१)प्रदेशसभा सदस्यका उम्मेदवार महेन्द्र यादव पराजित भएका छन् । यादवलाई पराजित गर्दै पाँच दलीय गठबन्धनको तर्फबाट लोसपाका उम्मेदवार सन्तोष कुमार पाण्डेय विजयी भएका छन् ।

रुपन्देही क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यमा भने पाँच दलीय गठबन्धनका उम्मेदवार बालकृष्ण खाँणलाई पराजित गर्दै राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहरा निर्वाचित भएका छन् । 

त्यस्तै रुपन्देही-३ (२) मा नेकपा एमालेका उम्मेदवार तुल्सी प्रसाद चौधरी निर्वाचित भएका छन् । नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र ढकाललाई पराजित गर्दै चौधरी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस