सामाजिक सुरक्षा कार्यक्रम यसवर्षदेखि अनौपचारिक तथा वैदेशिक क्षेत्रमा बिस्तार हुन्छ : श्रममन्त्री कुँवर « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सामाजिक सुरक्षा कार्यक्रम यसवर्षदेखि अनौपचारिक तथा वैदेशिक क्षेत्रमा बिस्तार हुन्छ : श्रममन्त्री कुँवर


११ मंसिर २०७९, आइतबार


काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम यसै वर्षदेखि अनौपचारिक, रोजगार तथा वैदेशिक क्षेत्रमा बिस्तार हुने जानकारी दिएका छन् । 

पाँचौँ सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोषले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री कुँवरले सामाजिक सुरक्षा कार्यक्रमको दायरा बढ्दा कोषमा आबद्धता बिस्तारका लागि मार्गचित्र तयार हुने बताए । 

सामाजिक सुरक्षा योजनालाई योगदानकर्तामैत्री बनाएर सुरक्षित भविष्यको प्रत्याभूतिको दिशामा कोषले सञ्चालनमा ल्याएका योजनाहरू परिमार्जन हुँदै आएको उनले बताए । मन्त्री कुँवरले कोही पनि सामाजिक सुरक्षाको हकबाट वञ्चित हुन नदिन सरकार प्रतिबद्धता रहेको धारणा राखे । 

योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागु भएको पाँच वर्षमा पाँच प्रतिशत श्रमिक मात्रै दायरामा आएको कोषले जनाएको छ । हालसम्म १७ हजार ४८३ रोजगारदाताले तीन लाख ७३ हजार १११ जनालाई मात्रै कोषमा सूचीकृत गराएको कोषको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस