जुम्लामा कालो बजारी रोक्न स्थानीय प्रशासनको ध्यानाकर्षण « प्रशासन
Logo ६ चैत्र २०७९, सोमबार
   

जुम्लामा कालो बजारी रोक्न स्थानीय प्रशासनको ध्यानाकर्षण


११ मंसिर २०७९, आइतबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी जुम्लाले प्रशासन कार्यालय जुम्लाको ध्यानाकर्षण गराएको छ। जिल्ला इन्चार्ज बर्खबहादुर शाही (प्रभाजित) र सेक्रेटरी शक्त सिंह रोकाया (सफल) द्वारा हस्ताक्षरित ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराइएको हो।

जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी नेपाली जनताको एक अभिभावक पार्टी हुनुले तमाम जनताको जनजीविकाको पक्षमा सरोकार राख्नु यस पार्टीको कर्तव्य भएको इन्चार्ज बर्खबहादुर शाहीले बताए। 

जुम्लामा बाढी पहिरोको हालसम्म पनि कारण देखाई बजारमा कालो बजारी व्याप्त रूपमा छ। विशेष गरी यातायातका साधनमा जुम्ला बजारदेखि नाग्म, नराकोट, गोठीज्यूला, दैलेख, सुर्खेत, नेपालगन्ज र काठमाडौँ सम्मको गाडीभाडा अहिलेसम्मकै महँगो भाडा जुम्ली जनताबाट असुल गरिएको छ।  

नाग्म, नरोकोट, गोठीज्यूला, सम्म यात्रीहरूलाई टिकट सम्म पनि दिने गरिएको छैन। विभिन्न बाहानाबाजीमा अन्य व्यापारीहरूले पसलमा आफ्नो मनोगत मूल्यमा सामान बेचिरहेका छन्। यस्ता विभिन्न खालका बेतिथीहरु जिल्लामा छ। जुम्ला बजारदेखि गाउँटोलसम्म आवारा ग्रुपहरूको, जड्याहा चोरी डकैती र लागु औषध ओसारपसार सेवन जस्ता विकृतिले जुम्ला जिल्लाको जनजीवन निकै डरलाग्दो रहेको उनको भनाइ छ।  

यसमा स्थानीय प्रशासनको ध्यानाकर्षण हुनुपर्ने, सधैँभरि यस्तै अवस्था हुने हो भने आगामी दिनमा ठुलो सङ्कट जनताले व्यवहोर्नुपर्ने हुँदा  प्रशासनको ध्यान जानुपर्ने उनले बताए।  

Tags :
प्रतिक्रिया दिनुहोस