कृष्णकुमार श्रेष्ठ र जितेन्द्र सोनललाई १५१ किलोको माला « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

कृष्णकुमार श्रेष्ठ र जितेन्द्र सोनललाई १५१ किलोको माला


११ मंसिर २०७९, आइतबार


काठमाडौँ । बारा क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यलाई १५१ किलोको माला लगाएर सममान गरिएको छ ।

नेपाली काँग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनबाट निर्वाचित प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसान र प्रदेशसभा सदस्य जितेन्द्र सोनललाई स्थानीयबासिन्दाले १५१ किलोको माला लगाएर स्वागत गरेका हुन् ।

निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिन गएका उनीहरूलाई विश्रामपुर गाउँपालिका वडा नम्बर ४ को बलिरामपुरका बासिन्दाले १५१ किलोको माला लगाइदिएका थिए ।

४ मंसिरमा मा भएको निर्वाचनमा गठबन्धनबाट नेकपा एसका उम्मेदवार श्रेष्ठ, बारा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा लोसपा नेता सोनल बारा क्षेत्र नम्बर ४ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

यसअघि नै अन्तिम मतपरिणाम आएको भए पनि मधेस प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार मन्त्री सोनलको स्वास्थ्य अवस्था बिग्रिएपछि विजय जुलुस समेत निकालेका थिएनन् ।

सोनलको स्वास्थ्यमा सुधार आएपछि आइतबारदेखि विजय जुलुस निकालिएको छ । आइतबार विश्रामपुरको बलिरामपुर, मुसहर्वा, कान्तिपुर बरैनिया, कल्याणपुर, वतरा, फुलबरिया, फेटा लगायतको गाउँमा विजय जुलुस निकालिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस