‘हाम्रो सरकार बने श्रमिकको न्यूनतम तलब २५ हजार बनाउँछौँ’ : विष्णु रिमाल  « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

‘हाम्रो सरकार बने श्रमिकको न्यूनतम तलब २५ हजार बनाउँछौँ’ : विष्णु रिमाल 


११ मंसिर २०७९, आइतबार


एमाले उपमहासचिव विष्णुप्रसाद रिमालले एमाले नेतृत्वमा सरकार बने श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार रुपैयाँ पुर्‍याउने बताएका छन् । 

आइतबार नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले ५औँ सामाजिक सुरक्षा दिवसको अवसरमा काठमाडौँमा गरेको कार्यक्रममा उनले एमालेको सरकार बने चुनावी घोषणापत्रमा भनिएअनुसार श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार रुपैयाँ पु¥याउने बताएका हुन् । 

उनले एमाले सरकारमा नभएमा श्रमिकको पारिश्रमिक २५ हजार रुपैयाँ पुर्‍याउने आन्दोलन गर्ने धारणा राखे । 

‘हामी सेकेन्ड भयौँ भने पनि हामी सत्ताको बागडोर सम्हाल्ने तहमा पुग्यौँ भने श्रमिकहरूको अगाडि गरेको कबुल २५ हजार न्यूनतम ज्याला पुर्‍याउने अभियानले मूर्तता निश्चित रूपमा पाउँछ,’ उनले भने, ‘यदि सरकारमा भएनौँ भने २५ हजार हाम्रो पाँच वर्षको अभियान जुन छ, त्यसलाई पूरा गर्न श्रम आन्दोलनलाई साथ दिन एमाले तपाईँहरूको साथमा रहन्छ ।’

उनले एमालेको नेतृत्वमा सरकार बने औपचारिक क्षेत्रका शतप्रतिशत श्रमिकहरूलाई सामाजिक सुरक्षामा ल्याउने दाबी गरे । पाँच वर्षभित्र अनौपचारिक क्षेत्रका ७५ प्रतिशत श्रमिकहरूलाई पनि सामाजिक सुरक्षा प्रणालीभित्र ल्याउने उनको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस