अब ९ क्षेत्रको मात्रै नतिजा आउन बाँकी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

अब ९ क्षेत्रको मात्रै नतिजा आउन बाँकी


११ मंसिर २०७९, आइतबार


काठमाडौँ । मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम आउने क्रम अझै जारी छ।

आइतबार बिहान साढे ९ बजेसम्म १६५ क्षेत्रमध्ये १५६ क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ।

जसमा नेपाली काँग्रेसले सबैभन्दा बढी ५३ स्थानमा जित निकालेको छ भने नेकपा एमालेले ४१ स्थानमा जित हात पारेको छ। माओवादी केन्द्रले १७ स्थान र नेकपा एकीकृत समाजवादीले १० स्थान जितेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थान, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, जनता समाजवादी पार्टीले ६ स्थानमा जित निकाल्दा लोकतान्त्रिक समाजवादी पार्टीले ४ स्थान जितेका छन्। नागरिक उन्मुक्ति पार्टीले ३ स्थानमा जित निकालेको छ।

नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले १(१ सिट हासिल गरेका छन् भने स्वतन्त्र ५ सिटमा विजयी भएका छन्।

बाँकी रहेका ९ क्षेत्रमध्ये दोलखा, स्याङ्जा २ र बाजुराको मत भने गणना हुन बाँकी छ।

६ क्षेत्रको मतगणना जारी छ। जसमा नेपाली काँग्रेसले ३ ठाउँमा अग्रता लिएको छ भने एमालेले २ र राष्ट्रिय स्वतन्त्र पार्टीले १ स्थानमा अग्रता लिएको छ।

हेर्नुहोस् कहाँ कसको अग्रता
इलाम १
महेश बस्नेत (नेकपा एमाले) : २०३८५
झलनाथ खनाल (एकीकृत समाजवादी) :१८२०५

सुनसरी १
गोमा तामाङ (राष्ट्रिय स्वतन्त्र पार्टी) : १२८५५
अशोककुमार राई (जनता समाजवादी पार्टी) : १२५०४
मुक्सामहाङ सुब्बा (माओवादी केन्द्र) : ९९००

सुनसरी ३
भगवती चौधरी (नेकपा एमाले) : १६००५
विजयकुमार गच्छदार (नेपाली काँग्रेस) : ११६९५
कमल बाबु मैनाली (राष्ट्रिय स्वतन्त्र पार्टी) : ५२८६

सुनसरी ४
ज्ञानेन्द्र बहादुर कार्की (नेपाली काँग्रेस) : २३४३९
जगदिश प्रसाद कुसियैत (नेकपा एमाले) : २३३४१
जिवन कुमार श्रेष्ठ (राष्ट्रिय स्वतन्त्र पार्टी) : २८५२

उदयपुर १
नारायण खड्का (नेपाली काँग्रेस) ( २१८३३
मञ्जु चौधरी (नेकपा एमाले) ( २०१२०

धनुषा ४
महेन्द्र यादव (नेपाली काँग्रेस) ( २१२२४
रघुबीर महासेठ (नेकपा एमाले) ( २०२०३
महाजन यादव (जनता समाजवादी पार्टी) (४६०८

Tags :
प्रतिक्रिया दिनुहोस