काठमाडौँ । वर्तमान सत्ता गठबन्धनले चुनावपछि पनि निरन्तरता पाउने बताइएको छ ।
प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बिच शनिबार (आज) भेटवार्ता भएको थियो । भेटमा प्रधानमन्त्री देउवा र प्रचण्डबिच वर्तमान गठबन्धनलाई निरन्तरता दिने समझदारी बनेको हो ।
गोरखाबाट चुनाव जितेर काठमाडौँ फर्किएका दाहाल शनिबार बिहान १० बजे प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटारस्थित सरकारी निवासमा पुगेका थिए ।
भेटमा चुनावको परिणामको समीक्षा गर्दै दुई शीर्ष नेताबिच वर्तमान गठबन्धनलाई निरन्तरता दिने समझदारी बनेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।