इलाम २ मा अन्तिममा पुगेकाे मत रोकियो गन्दागन्दै, नेम्वाङ र खड्काबिच कडा टक्कर ! « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

इलाम २ मा अन्तिममा पुगेकाे मत रोकियो गन्दागन्दै, नेम्वाङ र खड्काबिच कडा टक्कर !


१० मंसिर २०७९, शनिबार


इलाम । इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा अन्तिम वडाको मत गन्दा गन्दै गणना रोकिएको छ ।

यहाँ पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ र गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काबिच कडा प्रतिस्पर्धा देखिएको छ । इलाम नगरपालिकाका वडा नम्बर १ को मतगणना बाँकी रहँदा नेम्वाङ १३० मतले अघि छन् ।

अन्तिममा वडा नम्बर २ को गणना गर्ने क्रममा ४० मत हराएको र ४० मतमा मतदान अधिकृतको हस्ताक्षर नभएको भन्दै नेपाली काँग्रेसले विरोध जनाएपछि गणना रोकिएको हो ।

गणना स्थलमा अहिले काँग्रेस समर्थकले नाराबाजीसमेत गरिरहेका छन् । गणना स्थलमा सुरक्षाकर्मी बढाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस