पाँच वर्षसम्म सरकाले दिने सेवासुविधा मन्दिर र विद्यालय निर्माणमा खर्च गर्ने सांसद् बुढाको घोषणा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पाँच वर्षसम्म सरकाले दिने सेवासुविधा मन्दिर र विद्यालय निर्माणमा खर्च गर्ने सांसद् बुढाको घोषणा


१० मंसिर २०७९, शनिबार


डोल्पा । डोल्पाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित धनबहादुर बुढाले पाँच वर्षसम्म नेपाल सरकारबाट पाउने सेवा सुविधा मठमन्दिर, गुम्बा र विद्यालय निर्माण तथा मर्मतमा खर्च गर्ने घोषणा गरेका छन्।

जिल्लाका सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले मठमन्दिर, गुम्बा र विद्यालय निर्माणसहित विपन्न बालबालिकाको पठनपाठनमा सहयोग गर्ने घोषणा गरेका हुन्।

डोल्पाली जनताले लगातार तेस्रो कार्यकालसम्म जिताएकोमा धन्यवाद दिँदै उनले जनताको हरेक सुख : दु:खमा साथ दिने बताए।

नवनिर्वाचित सांसद बुढाले भेरी करिडोर स्तरोन्नती, मसिनेचौर विमानस्थलमा परीक्षण उडान, ‘त्रिपुराकोट काइगाउँ बजार बचाउ’ योजनाहरुलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस