चितवन-३ बाट राप्रपाका विक्रम पाण्डे विजयी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

चितवन-३ बाट राप्रपाका विक्रम पाण्डे विजयी


१० मंसिर २०७९, शनिबार


काठमाडौँ । चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डे विजयी भएका छन् ।

शुक्रबार राति सम्पन्न मतगणनामा पाण्डे ९ हजार दुई सय ३३ मतान्तरका साथ विजयी भएका हुन् । पाण्डेले ३५ हजार ५५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक वाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका उम्मेदवार डा भोजराज अधिकारीले २५ हजार आठ सय २२ मत प्राप्त गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले १४ हजार आठ सय ४२ मत प्राप्त गरिन् । स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले १२ हजार दुई सय ७५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस क्षेत्रमा ९४ हजार दुई सय ८० मत खसेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस