सशस्त्र प्रहरी जवान घुससहित अख्तियारको नियन्त्रणमा  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सशस्त्र प्रहरी जवान घुससहित अख्तियारको नियन्त्रणमा 


९ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेसक्याम्प सेमरीमा कार्यरत सशस्त्र प्रहरी जवान मुख्तार देवान घुस रकमसहित पक्राउ परेका छन् । 

शुक्रबार नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को महेशपुर सीमा नाकाबाट सामानहरू खरिद गरी ल्याउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचनाका आधारमा खटिएर गएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ७००० घुससहित रङ्गे हात पक्राउ गरेको हो ।  

पक्राउ परेका देवानबारे थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले बताएका छन् ।  

Tags :
प्रतिक्रिया दिनुहोस