उपल्लो डोल्पामा अलपत्र कर्मचारीको हेलिकोप्टरबाट उद्धार « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

उपल्लो डोल्पामा अलपत्र कर्मचारीको हेलिकोप्टरबाट उद्धार


९ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पामा अलपत्र परेका कर्मचारी र सुरक्षाकर्मीको हेलिकोप्टरबाट सदरमुकाम दुनै झारिएको छ।

शनिवार शे-फोक्सुन्डो गाउँपालिकाको साल्दाङ,फोद, भिजेर र डोल्पो बुद्ध गाउँपालिकाको तिन्जेलगायतका स्थानबाट अलपत्र एक सय ३५ कर्मचारीलाई हेलिकोप्टरबाट सदरमुकाम झारिएको प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले जानकारी दिए।

निर्वाचन आयोगसँग आवश्यक समन्वय गरेर हेलिकोप्टरबाट उद्धार गर्ने व्यवस्था मिलाइएको प्रजिअ अधिकारीले बताए। चुनावमा खटिएका कर्मचारीहरू ६ दिनदेखि मतदान केन्द्रमै अलपत्र परेका थिए।

हिँडेर सदरमुकाम पुग्न हप्ता दिनभन्दा धेरै लाग्ने र बाटाघाटा हिउँले भरिएकोले ज्यान जोखिममा पर्ने भन्दै अलपत्र कर्मचारीले हेलिकोप्टर पठाउन आग्रह गरेका थिए। अझै एघार जना सुरक्षाकर्मी माथिल्लो डोल्पामै रहेकाले उद्वारकालागि हेलिकप्टर पठाउने पहल भइरहेको प्रजिअ अधिकारीले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस