अग्रगमनको पक्षमा ३७ हजार ३७२ मत पाउनु मेरो जित हो : कृष्णप्रसाद सिटौला « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

अग्रगमनको पक्षमा ३७ हजार ३७२ मत पाउनु मेरो जित हो : कृष्णप्रसाद सिटौला


९ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले  झापा-३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बधाई दिएका छन् । झापा-३ मा लिङ्देलसँग पराजित भएका सिटौलाले शुक्रबार फेसबुकमा स्ट्याटस लेख्दै उनले  मतदातालाई पनि धन्यवाद दिएका छन् ।

चुनावमा हार जित हुने भन्दै उनले झापा-३ का जनताको र देशको सेवा गर्न चुनावको नतिजाले नरोक्ने बताएका छन् । ‘अग्रगमनको पक्षमा मलाई मत दिनु हुने ३७ हजार ३७२ को म प्रतिको विश्वास र माया नै मेरो जित हो ।’

यसले नै मलाई क्षेत्र र देशको विकास र समृद्धिका लागि डटिरहन अझ हौसला दिएको उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस