प्रचण्डलाई देउवा र ओलीको पालैपालो फोन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रचण्डलाई देउवा र ओलीको पालैपालो फोन


८ मंसिर २०७९, बिहिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फोन गरेका छन् । बिहीबार फोन गरेका ओलीले चुनाव जितेकोमा बधाई दिएको प्रचण्डको सचिवालयले जनाएको छ ।

त्यसअघि काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि प्रचण्डलाई फोन गरेका थिए । गठबन्धनलाई मजबुत बनाउने कुरा भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

अघिल्लो पटकको निर्वाचनमा एमाले र माओवादी गठबन्धन गरेर चुनावमा होमिएका थिए । यसपटकको निर्वाचनमा माओवादी सत्तारुढ गठबन्धनमा रहेर चुनावमा होमिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस