निर्वाचनमा खटिएका म्यादी प्रहरीको बिदाइ « प्रशासन
Logo १६ मंसिर २०८०, शनिबार
   

निर्वाचनमा खटिएका म्यादी प्रहरीको बिदाइ


८ मंसिर २०७९, बिहिबार


काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा खटिएका म्यादी प्रहरीलाई आज बिदाइ गरिएको छ। बिहीबार प्रदर्शनी मार्ग स्थित प्रहरी कार्यालय मातहतबाट खटिएका म्यादी प्रहरीलाई बिदाइ गरिएको हो।

गृह मन्त्रालयले तयार पारेको विशेष सुरक्षा योजनाअन्तर्गत निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी भर्ना गरिएको थियो। नेपाल प्रहरीले गत असोज ३० गते ७७ वटै जिल्लाबाट एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गरेको थियो।

म्यादी प्रहरीलाई धन्यवाद तथा प्रमाणपत्रसहित आज बिदाइ गरिएको छ। निर्वाचन सुरक्षा योजनाअन्तर्गत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागलाई संयुक्त रूपमा परिचालन गरिएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस