सुर्खेत-२ (ख) मा माओवादीका विन्दमान विष्ट विजयी « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

सुर्खेत-२ (ख) मा माओवादीका विन्दमान विष्ट विजयी


८ मंसिर २०७९, बिहिबार


काठमाडौँ । सुर्खेत निर्वाचन क्षेत्र नम्बर २  प्रदेश सभा (ख) मा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य विन्दमान विष्ट विजयी भएका छन् । उनले  नेकपा एमालेका ताराकेशर गौतमलाई ४ हजार ५७५ मतान्तरले पराजित गरेका हुन् । 

यहाँ ३१ हजार ६८२ मत खसेको थियो । 

जसमध्ये विष्टको पक्षमा १३ हजार ९०९ मत आएको छ । एमालेका गौतमको पक्षमा ९ हजार ३३४ मत आएको छ । विष्ट विरुद्ध उम्मेदवारी दिएका एकीकृत समाजवादीका मोहनसिंह बडूवालले ६ हजार २१४ मत प्राप्त गरेका छन् । 

यो उनको दोस्रो जित हो । विजयी विष्ट सुर्खेत जेलब्रेकका एक कमान्डर हुन् । 

हाल माओवादीको केन्द्रीय सदस्य रहेका उनी ०७४ सोही क्षेत्रबाट १५ हजार ६४८ मतसहित विजय भएका थिए । प्रदेश सरकारको अर्थमन्त्री समेत भइसकेका उनी प्रदेश सरकारको मुख्यमन्त्रीको प्रमुख दाबेदारको रूपमा आफूलाई अगाडि बढाइरहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस