काभ्रे–१ (क) मा माओवादी केन्द्रका ढकाल भारी मतसहित विजयी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

काभ्रे–१ (क) मा माओवादी केन्द्रका ढकाल भारी मतसहित विजयी


८ मंसिर २०७९, बिहिबार


काभ्रे । काभ्रेको प्रतिनिधिसभा क्षेत्र १ प्रदेशसभा (क)को सदस्यमा नेकपा (माओवादी केन्द्र)का रत्न ढकाल विजयी भएका छन्।बिहीबार सम्पन्न मत गणनामा ९ हजार ४४२ को भारी मतान्तरसहित ढकाल विजय भएका हुन्।

बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्रीसमेत रहेका ढकालले २० हजार ७२० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार दिलबहादुर तामाङ (दिलीप)ले ११ हजार २७८ मत प्राप्त गरेका छन्।

त्यस्तै, वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेर विजय भएका ढकाल माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन्।

उनले विजय भएपछि सञ्चारकर्मीसँग बोल्दै अघिल्लो कार्यकालमा अपूरा रहेको काम पूरा गर्ने र जनताकै बिचमा रहेर काम गर्ने बताए। यसअघि ०७४ सालको निर्वाचनमा ढकाल यही निर्वाचन क्षेत्रबाट विजय भएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस