उपसचिव डा. शाहसहित ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

उपसचिव डा. शाहसहित ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर 


८ मंसिर २०७९, बिहिबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि ज्ञान केन्द्र जुम्लाका तत्कालीन प्रमुख (उपसचिव) डा. तपेन्द्र बहादुर शाहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

मुगुको रारा छायाँनाथ नगरपालिका ४ स्थित गैराज्युला कृषि सिचाई आयोजनामा गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा उपसचिव  शाहसहित ५ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो । 

आयोजनामा उपसचिव शाह र सब-इन्जिनियर महेश बुढ्थापाले यथार्थ र वास्तविक नाप जाँच नगरी बदनियत राखी नभए/नगरेको काम देखाई वास्तविक भएको कामभन्दा बढी रकम मूल्याङ्कन गरी झुठ्ठा बिल भरपाई, नापी किताब, मूल्याङ्कन बिल र कार्य सम्पन्न प्रतिवेदन तयार गरी गराई रु.२,११,३१६.२६ रुपैयाँ  बढी रकम उपभोक्ता समितिलाई भुक्तानी गरेको आयोगको ठहर छ । 

साथै गैराज्युला कृषि सिँचाई आयोजना निर्माण उपभोक्ता समितिका तत्कालीन अध्यक्ष बाँच बहादुर सेजुवाल, सचिव माया केसी भाम र कोषाध्यक्ष बिजकन्या भामले आयोजनामा झुठ्ठा प्रतिवेदन तयार गरी आयोजनास्थलमा वास्तविक भएको कामभन्दा बढी मूल्याङ्कन गरी/गराई उक्त बढी रकम भुक्तानी लिएको आरोपमा निजहरुविरुद्ध पनि मुद्दा दायर गरिएको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले बताएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस