दादुराबाट १२ बालबालिकाको मृत्यु, ४८ घण्टामा तीन जनाकाे मृत्यु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

दादुराबाट १२ बालबालिकाको मृत्यु, ४८ घण्टामा तीन जनाकाे मृत्यु


८ मंसिर २०७९, बिहिबार


काठमाडौँ । पश्चिमी भारतीय सहर मुम्बई र वरपरका क्षेत्रमा दादुराका कारण १२ बालबालिकाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

पहिलो मृत्यु अक्टोबर महिनाको अन्तिम साता रिपोर्ट गरिएको थियो । तीन बालबालिका ४८ घण्टाको अन्तरालमा मृत्यु भएका थियो ।

सहरमा बुधवार सम्म यस वर्ष २३३ जनामा दादुरा संक्रमण पुष्टि भएको छ । यो अघिल्लो वर्षको तुलनामा तीन गुणा बढी हो । गत वर्ष दादुराबाट दुई जनाको मृत्यु भएको थियो ।

अधिकारीहरू भन्छन् कि कोभिड महामारीबिच सुस्त खोप अभियानले दादुरा सङ्क्रमणलाई ठुलो बढावा दिएको छ । दादुरा अत्यधिक सङ्क्रामक मानिन्छ ।

विज्ञहरूका अनुसार यसले पाँच वर्ष मुनिका बालबालिकाहरूमा कोभिड १९ ले भन्दा बढी गम्भीर जटिलताहरू निम्त्याउन सक्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस