अमेरिकी र्‍याप गायक वेस्टले २०२४ मा राष्ट्रपतिका लागि चुनाव लड्ने « प्रशासन
Logo २१ मंसिर २०७९, बुधबार
   

अमेरिकी र्‍याप गायक वेस्टले २०२४ मा राष्ट्रपतिका लागि चुनाव लड्ने


८ मंसिर २०७९, बिहिबार


काठमाडौँ । अमेरिकी र्‍याप गायक कान्ये वेस्ट अमेरिकी राष्ट्रपति चुनावको दौडमा फर्किएका छन् । यो अचम्म मान्नुपर्ने कुरा हैन तर, सन् २०२४ को राष्ट्रपति चुनावमा उनी लड्नेछन् ।

संगीतसम्बन्ध विश्व चर्चित म्यागजिन बिलबोर्डका अनुसार यसै सप्ताहन्तमा गायक वेस्टले आफ्नो चुनावी अभियानको पुष्टि गरेका छन् । ट्विटरमा फ्यानले पोस्ट गरेको भिडियोमा पनि गायक वेस्टले आफू यसतर्फ अघि बढिरहेको उल्लेख गरेका छन् ।

उक्त चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प प्रतिस्पर्धीको रूपमा होस् भन्ने चाहना पनि उनले राखेका छन् । ट्रम्पले हालै सन् २०२४ को चुनावमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।

‘विश्वास लाग्दैन कि मैले राष्ट्रपति ट्रम्पलाई पर्खिरहेको छु । २०२४ मा मैले उहाँलाई मेरो दौडने साथी बन्न सोध्दा उहाँको प्रतिक्रिया कस्तो थियो ?’ कान्ये वेस्टले ट्विटरमा आफ्ना प्रशंसकलाई सोधेका छन् ।

वेस्टले यसअघि सन् २०२० मा अमेरिकी राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने प्रयास गरेका थिए जसका लागि उनले बर्थडे पार्टी ब्यानरमा अभिनय सुरु गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस