भक्तपुर-१ मा नेमकिपाका प्रेम सुवाल विजयी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

भक्तपुर-१ मा नेमकिपाका प्रेम सुवाल विजयी


८ मंसिर २०७९, बिहिबार


भक्तपुर । भक्तपुर क्षेत्र नम्बर १ बाट नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का उम्मेदवार प्रेम सुवाल पुनः विजयी भएका छन् ।

पछिल्लो परिणाममा सुवालले ४२ हजारभन्दा बढी मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नवराज गेलालले ११ हजार ८३४ र राप्रपाका उम्मेदवार भरतबहादुर खड्काले ९ हजार २२२ मत पाएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका सुनिल गोठेले ५ हजार १६५ मत पाएका छन् ।

निर्वाचन आयोगले नतिजा सार्वजनिकको अन्तिम तयारी गरेको छ । मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले सबै मत गनेर सकिएको र अब परिणाम सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस