पराजयलाई सहर्ष स्वीकार्छु : कमल थापा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पराजयलाई सहर्ष स्वीकार्छु : कमल थापा


८ मंसिर २०७९, बिहिबार


काठमाडौँ । नेकपा एमालेको चुनाव चिह्न लिएर प्रतिनिधि सभा चुनाव लडेका राप्रपा नेपालका कमल थापाले आफ्नो हार स्वीकार गरेका छन् ।

मकवानपुर क्षेत्रनम्बर १ बाट चुनाव लडेका थापा नेपाली काँग्रेसकी महालक्ष्मी उपाध्याय (डिना)ले अग्रता लिइरहेकी छन् । डिनाले २० हजार ९७० मत पाउँदा थापाले १९ हजार ९१८ मत पाएका छन् ।

थापाले सामाजिक सन्जालमार्फत् आफूले हार स्वीकारेको जनाएका छन् । सूर्य चिह्न लिएर चुनाव लड्ने अवसर दिएको भन्दै उनले एमालेलाई धन्यवाद पनि भनेका छन् ।

उनले लेखेका छन्, ‘२०७९ सालको चुनावले सकारात्मक परिवर्तनको पक्षमा दिएको सशक्त सन्देशलाई सबैले मनन गर्नु जरुरी छ। प्रजातान्त्रिक अभ्यासमा हारजित स्वभाविक हो। व्यक्ति हारे पनि देश,जनता र लोकतन्त्र बलियो हुँदै जानुपर्छ,’ ‘सनातन धर्म संस्कृति रक्षाको आवाज कमजोर हुँदै जान लागेकोमा भने केही खिन्नता लागेको छ।’

Tags :
प्रतिक्रिया दिनुहोस