काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ नेपाली काँग्रेसले पनि तीन लाख मत कटाएको छ । मत गणनाको पछिल्लो परिणाम अनुसार काँग्रेसले समानुपातिकतर्फ तीन लाख ७३१ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।
समानुपातिकतर्फ एमाले सर्वाधिक मतसहित अग्रस्थानमा छ । एमालेले ३ लाख २६ हजार २८७ मत प्राप्त गरेको छ । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी छ । सो पार्टीले हालसम्म समानुपातिकमा १ लाख ६४ हजार ३६७ मत प्राप्त गरेको छ ।
यसैगरी चौथो स्थानमा रहेको माओवादी केन्द्रले एक लाख ४६ हजार ५९२, पाँचौँ स्थानमा रहेको राप्रपाले ८५ हजार ६७३ मत प्राप्त गरेको छ ।