जुम्लामा ज्ञानेन्द्र शाहीको जित सुनिश्चित « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

जुम्लामा ज्ञानेन्द्र शाहीको जित सुनिश्चित


७ मंसिर २०७९, बुधबार


काठमाडौँ । जुम्लामा जारी मतगणनामा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले सुरुवाती अग्रता गरिरहेका  छन्। ३६ हजार ३१ मतगणना गन्दा उनले १८ हजार २५ मत प्राप्त गरेका छन्। ८ हजार ३ सय ५६ मतले शाही अगाडि छन्।

उनको विजयी निश्चित छ। यस्तै, गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी गोमा कुँवरले ९ हजार ६ सय ६९ मत प्राप्त गरेकी छिन् भने नेकपा एमालेका रतननाथ योगीले ५ हजार १ सय ४७ मत प्राप्त गरेका छन्। 

नेमकिपाका डिल्लीप्रसाद काफ्लेले ८ सय ३ मत प्राप्त गरेका छन्। माओवादीका डाक्टर कलबहादुर रोकाया प्रतिनिधि सभाको स्वतन्त्र उम्मेदवार बनेका थिए। उनले आफ्नो उम्मेदवारी निष्क्रिय बनाए पनि ४ सय ११ मत प्राप्त गरेका छन्। 

१ हजार ९ सय ७८ मत बदर भएको मुख्य निर्वाचन कार्यालय जुम्लाले जनाएको छ। ४५ हजार ६५ मत खसेको थियो। अब ९ हजार ३४ मत मात्रै गणना गर्न बाँकी रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस