झापा-१ बाट विश्वप्रकाश शर्मा भारी मतान्तरले विजयी « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

झापा-१ बाट विश्वप्रकाश शर्मा भारी मतान्तरले विजयी


७ मंसिर २०७९, बुधबार


काठमाडौँ । झापा क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका उम्मेदवार विश्वप्रकाश शर्मा भारी मतान्तरले विजयी भएका छन्।

काँग्रेसका महामन्त्रीसमेत रहेका शर्मा १४ हजार २ सय ७५ मतान्तरले चुनाव जितेका हुन्।

यहाँ नेकपा एमालेका उम्मेदवार अग्नि खरेल पराजित भए। खरेलले २५ हजार ३ सय ४९ मत ल्याएका छन्।

काँग्रेसका शर्माले भने ३९ हजार ६ सय २४ मत ल्याएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस