यी हुन् अहिलेसम्म अग्रता लिइरहेका ४ घण्टीवाहक उम्मेदवार ! « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

यी हुन् अहिलेसम्म अग्रता लिइरहेका ४ घण्टीवाहक उम्मेदवार !


७ मंसिर २०७९, बुधबार


काठमाडौँ । अहिलेसम्म चार वटा निर्वाचन क्षेत्रमा जित हात पारिसकेको राष्ट्रिय स्वतन्त्र पार्टीले अझै ४ वटा क्षेत्रमा अग्रता लिइरहेको छ।

अहिलेसम्म चितवन-१ र २, ललितपुर ३ र सुनसरी २ मा घण्टीवाहक उम्मेदवार अग्रता लिइरहेका छन्।

चितवन १ मा हरि ढकाल, २ मा रवि लामिछाने, ललितपुर-३ मा तोसिमा कार्की र सुनसरी २ मा लालविक्रम थापाले अहिलेसम्म अग्रता कायम राखेका छन्।

कास्की, रूपन्देही, झापालगायत ठाउँमा सुरूमा अग्रता लिएका घन्टीवाहक उम्मेदवार पछिल्लो समय पछि परेका छन्।

अहिलेसम्म काठमाडौँ-२, ६,७ र ८ मा घन्टीवाहक उम्मेदवार जित हात पारेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस