डोटीमा लक्ष्य भन्दा बढी कर सङ्कलन, सबै भन्दा बढी कर बुझाउने साउँद सम्मानित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

डोटीमा लक्ष्य भन्दा बढी कर सङ्कलन, सबै भन्दा बढी कर बुझाउने साउँद सम्मानित


७ मंसिर २०७९, बुधबार


डोटी । डोटीमा आर्थिक वर्ष ०७८-०८९मा लक्ष्य भन्दा बढी कर सङ्कलन भएको छ । 

आन्तरिक राजस्व विभागले आर्थिक वर्ष ०७८-७९मा जिल्लामा १३ करोड ७० लाख कर सङ्कलन गर्ने लक्ष्य लिएको भएपनी २४ करोड ६६ लाख ९ सय १५ रुपैयाँ कर सङ्कलन भएको करदाता सेवा कार्यालय डोटीका प्रमुख विनोद सिंह महताले बताए । 

कार्यालय प्रमुख महताका अनुसार विभागको लक्ष्य भन्दा बढी कर सङ्कलन भएको र आगामी आर्थिक बर्षमा पनि सङ्कलन गर्न सकिने बताए । विभागले डोटीमा आर्थिक वर्ष २०७९/८० मा पनि करिब १९ करोडको लक्ष्य लिएकोमा मङ्सिर महिनाको पहिलो साता सम्म ६ करोड ९२ लाख ७ हजार राजस्व सङ्कलन भइसकेको र आर्थिक वर्ष समाप्त हुन सम्म लक्ष्य भन्दा बढी कर सङ्कलन हुने समेत प्रमुख महताले बताए ।   

यस्तै करदाता सेवा कार्यालय डोटीले आर्थिक वर्ष २०७७-०७८ मा सबै भन्दा बढी कर बुझाउने करदाता विक्रम बहादुर साउँद लाई सम्मान गरेको छ । 

कार्यालयले मङ्सिर १ गते ७ गते सम्म कर दिवसको अवसरमा विभिन्न कार्यक्रम गदै सबैभन्दा बढी कर बुझाउने दिपायलमा व्यवसाय सञ्चालन गर्दै आइरहेका घटाल टे«डस एण्ड सप्लार्यका सञ्चालक साउँदलाई सम्मान गरेको हो । 

साउँदले एक आर्थिक बर्षमा १० लाख ८६ हजार १ सय ९५ कर बुझाएको कार्यालय प्रमुख महताले बताए । उनले भने डोटी जिल्लामा करदाता सेवा कार्यालय स्थापना हुँदा घर नजिक सेवाग्राहीले सहज रूपमा सेवा पाएका छन्,  धेरै करदाताहरू सहभागी हुनुका साथै कर सङ्कलनमा वृद्धि भएको समेत प्रमुख महताले बताए । 

डोटी जिल्लामा करदाता सेवा कार्यालयमा ७ हजार १ सय ३८ करदाता दर्ता रहेका छन् जस मध्य भ्याटमा ३ सय ४८ र आयकरमा ६ हजार १ सय २ र अन्तशुल्कमा ७ सय ३० रहेको कार्यालयले जनाएको छ । 

२०७७ सालमा डोटी जिल्लामा स्थापना भएको करदाता सेवा कार्यालयले नयाँ प्यान दर्ता गर्ने, कर सङ्कलन, करचुक्ता, बजार अनुगमन, करशिक्षा सम्बन्धी विभिन्न कार्यहरू गर्दै आइरहेको छ । डोटीमा कार्यालय स्थापना हुनुभन्दा पहिले सेवा ग्राहीहरूले कैलालीको धनगढी बाट सेवा लिनुपर्ने बाध्यता रहेको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस